के भनु हुन्छ त ? राष्ट्रिय प्रजातन्त्र पार्टीका ( रा. प्र. पा ) तर्फबाट चन्द्रागिरि नगरपालिकाको मेयर पद का उम्मेदवार मदन थापामगर

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चन्द्रागिरि नगरपालिकाको लागि मेयर पदमा उमेद्वार चुनिनु भएका मदन थापा मगरले “सेवा नै धर्म हो ” भने मूल धारणाका साथ सामज सेवाको भूमिका बहन गर्न तयार रहेको बताउनु भएको छ |

नगरप्रमुखको जिम्मेवारी पाएमा स्वास्थ्य सेवाका लागि अावश्यक कार्यहरू, युवा रोजगारीका लागि विशेष पहल, स्थानीय उध्योगको विस्तार एंव स्तरीकरण, धर्म संस्कृतिको संरक्षण तथा संवर्द्धनमा विशेष जोड दिने बताएका छन् । चन्द्रागिरिन्युज सँगको संक्षिप्त कुराकानीका क्रममा उनले विद्युत, खानेपानी लगायत नगरको दिगो विकासका लागि समयानुसार पहल कदमी चाल्ने बताए । अाफ्नो ३ दशक भन्दा लामो समाजसेवाको अनुभव स्थानीय निकायको विकास र संवृद्धिका लागि दृढ भएर खर्चने थापामगरको भनार्इ छ ।