
काठमाडौं, २७ बैशाख । गत २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो। यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्। यस अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।