कोरोना भाइरसको संक्रमणको जोखिम न्युनीकरण गर्न हात धुने साबुन सहयोग

166

नोभल कोरोना भाइरस (कोभिड १९)कोे संक्रमणको जोखिमबाट बच्न तथा सावधानी अपनाउका लागि बाल विकास समाजले चन्द्रागिरी नगरपालिकामा रहेको ४ वटा ईटा उद्योगका ३९२ झ्याउलीका परिवारलाई ३१४० पिस र समुदायका अन्य परिवारलाई ३१०० पिस गरी जम्मा ६२४० हात धुने साबुन वितरण गरिएको छ ।
वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा संचालन गरिएको “ईट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजना” अन्तर्गत लकडाउन (बन्दाबन्दी) को समयमा समेत परिवार तथा बालबालिकालाई लक्षित गरी उक्त साबुन वितरण गरिए पछि ईट्टा उद्योगमा काम गर्ने कामदारहरु र बालबालिकामा साबुन पानीले हात धुने बानीको विकास हुनुका साथै कोरोना भाइरसको जोखिम न्यूनिकरणको लागि थप सहयोग पुग्ने कुरा चन्द्रागिरि नगरपालिका वडा न ३ का वडा अधक्ष्य दुर्गा लाल महर्जनले जानकारी गराए ।
उक्त वितरण कार्य वडा कार्यालय ३ रोहबरमा ईटा उद्योग व्यवसायीसँगको समन्वय र उपस्थितिमा सम्पन्न गरिएको छ ।