कोरोना संक्रमितको संख्या १ सय १ पुग्यो

266

नेपालमा आज पुनः दुई जना कोरोना संक्रमित फेला परेका छन् ।

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ