
बिगत लामो समय देखि लिभर क्यान्सर बाट पीडित आयुसा बजगाइलाई महाकाल खेलकुद बिकास समितिले आर्थिक सहयोग गरेको छ |
बिजया दशमी तथा दिपावलिको अबसर पारेर खेलकुद समितिले आयोजना गरेको आन्तरिक ब्याटमिन्टन प्रतियोगिताको उद्गाटन अबसरमा चन्द्रागिरि नगरपालिका वडा ७ निवासी साधुराम बजगाईकाे छाेरी सुश्री अायुषा बजगाईलाई नगद रू ४२१०५ सहयोग गरेको हो | सहयोग कार्यक्रममा बोल्दै समितीका अध्यक्ष देबेन्द्र महतले सबैभन्दा ठुलो धर्म नै दिनदुखिको सेवा र सहयोग भएकोले क्यान्सरबाट पीडित बालिकालाई आफ्नो समितिबाट सक्दो सहयोग गरेको बताए |
उक्त सहयोग कार्यक्रमको सहजकर्ताको भूमिका सुरेन्द्र थापाले निभएका थिए | तीन बर्ष अगाडि स्थापित महाकाल खेलकुद समितीले बिभिन्न अबसर पारेर खेल्कुद र सामाजिक कार्य गर्दै आइरहेको छ | हाल झन्डै असी लाखको लागतमा महाकाल खेल्कुद समितिको अगुवाइमा चन्द्रागिरि नगरपालिकाकै पहिलो कभर्ड हल निर्माण गर्दैछ |