खानेपानी अायोजनाहरू बीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चन्द्रागिरि ।



jibss

महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अायोजनामा चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिहरू बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार चन्द्रागिरि नगरपालिका ७ स्थित चन्द्रागिरि साकोसको सभा हलमा अायोजित अन्तर्क्रिया कार्यक्रममा विभिन्न वडाका सञ्चालनमा रहेका विभिन्न खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिका ६० जना प्रतिनिधीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा अा-अाफ्नो समितिका पछिल्लो अवस्था, समितिले सामना गरिरहेका अप्ठ्याराहरू तथा भावि दिनमा संस्थाले सञ्चालन गर्ने गतिविधिका सम्बन्धमा चर्चा गरिएको कार्यक्रममा सभापतित्व समेत गरेका अायोजक समितिका अध्यक्ष सूर्यनारायण मानन्धरले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।

 

महादेवस्थान खानेपानी उपभोक्ता समितिले चन्द्रागिरि नगरको वडा नं. ५, ६ र ७ वडामा १ हजार ८ सय बढि नीजि र करिब ९० सार्वजनिक धाराहरू मार्फत दैनिक खानेपानी वितरण गर्दै अाएको छ ।