घरको नक्सापास गर्दा लाग्ने करमा ९० प्रतिशत छुट

610

चन्द्रागिरि ।

काठमाडौको किर्तिपुर नगरपालिका भित्रका भुकम्पपिडितले घरको नक्सा पास गर्दा ९० प्रतिशत छुट पाउने भएका छन् । बुधबार सम्पन्न नगरसभाले भुकम्पपिडितलाई ९० प्रतिशत र नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७४/७५ का लागि ७९ करोड ५६ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख रमेश महर्जनले बताउनुभयो । खानेपानीका लागि १९ करोड, सडक निर्माण तथा स्तरोन्नतीका लागि ५ करोड, युवा स्वरोजगारका लागि एक करोड, नगर बस सञ्चालन गर्न ५० लाख र सामुदायिक विद्यालयमा कम्प्युटर राख्न ५० लाख बजेट छुट्याइएको छ । सभाले किर्तिपुर विकास योजना बनाउनका लागि पूर्व प्रमुख हिराकाजी महर्जनको संयोजकत्वमा कीर्तिपुर विकास परिषद् समेत गठन गरेको छ । यस्तै मधुमेह र उच्च रक्तचापका वृद्धा बिरामीलाई नि:शुल्क औषधि उपचारको व्यवस्था गर्ने पनि नगरपालिकाले जनाएको छ ।