
काठमाडौं। कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजबाट लगाउन शुरु भएको छ।
चन्द्रागिरिमा
चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले (आज) जेठ २ गते,
चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते,
चैत ३१ र २०७८ बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते,
२०७८ बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते,
२०७८ बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते
दोस्रो डोज लगाउन सक्नेछन्। यस्तै,
बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते,
बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते,
बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।
बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।
कहाँ छन् खोप केन्द्र ?
चन्द्रागिरिमा संक्रमण फैलिरहेको अवस्थामा धेरै भिडभाड हुन नदिन यसपटक चन्द्रागिरिमा तिन वटा खोप केन्द्रहरुको व्यवस्था गरिएको छ। पहिलो डोज भने निश्चित अस्पताल र स्वास्थ्य केन्द्रबाट मात्रै प्रदान गरिएको थियो। दोस्रो डोज भने चन्द्रागिरिको तिन स्थान बाट प्रदान गरिनेछ।
चन्द्रागिरि वडा न १, २, ३, ४, ६, र ७ को थानकोट गणेशस्थान मन्दिर,
वडा न ५, ८, ९, १० र ११ को सामुदायिक भवन सतुंगल साथै
वडा न १२, १३, १४ र १५ को मंगल मा.वि नयाँ नैकाप
बाट दोस्रो डोज खोप केन्द्रहरुको व्यवस्था गरिएको छ।
दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य रुपमा लग्नु पर्नेछ। पहिलो डोज लगाएको मिति अनुसार दोस्रो डोज लगाउने तालिका बनाइएको छ। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।
दोस्रो चरणको खोप लगाउन को लागि अपनाउन पर्ने सावधानी
१.ज्वरो आएका मानिसले यो खोप लिन्न मिल्दैन
२. कोभिड १९ को संक्रमण भएको व्यक्तिले यो खोप लगाउन मिल्दैन ।
३. कोभिड १९ को संक्रमण भई निको भएको ९० दिन पुरा भएपछि मात्र यो खोप लिन
मिल्छ ।
४. कोभिड संक्रमण भएको र लक्षण चिन्ह भएका मानिसले यो खोप लिन मिल्दैन
५. आफनो पालो भएकाले मात्र खोप लिन आउनु होला ।
६. खोप कार्ड नभएकालाई खोप दिइने छैन ।
७. खोप लगाउन आँउदा अनिवार्य मास्क लगाउनु होला ।
८. दुई मिटरको दूरी कायम गरी बसिदिनु होला ।
९. भित्र छिरि सकेपछि सावुन पानिले हात धुनु होला ।
१०. बिहान १०:०० बजे देखि दिउँसो ३:०० बजे भित्र आएका खोप कार्ड वाहकलाई
४:0० बजे सम्म खोप लगाइने छ ।
| यो भेरोसेल चाइनिज भ्याक्सिनको दास्रो मात्रा हो । पहिलो मात्राको खोप दिइने छैन
Google Map सहितको थानकोट गणेशस्थान मन्दिर
Google Map सहितको सामुदायिक भवन सतुंगल
Google Map सहितको मंगल मा.वि नयाँ नैकाप