चन्द्रागिरिमा लायन्स क्लब अफ चन्द्रागिरि र चन्द्रागिरि साकाेसले एम्बुलेन्स सञ्चालनमा ल्यायाे

316

लायन्स क्लब अफ चन्द्रागिरि ३२५ ए वान र चन्द्रागिरि साकाेसले संयुक्तरूपमा एम्बुलेन्स सञ्चालनमा ल्याएकाे छ । राजधानीकाे चन्द्रागिरि गुर्जुधामा एक कार्यक्रमकाे अायाेजना गर्दै क्लब र साकाेसले उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएकाे हाे । कार्यक्रममा लायन्स क्लब अफ चन्द्रागिरि ३२५ ए वानका अध्यक्ष लायन जयराम लुईटेलकाे सभाअध्क्षतामा सुरू भएकाे कार्यक्रममा प्रमुख अतिथि जिएटि एरिया लिडर लायन खगेन्द्र सिटौला पिएमजेएफ सेकेन्ड सेन्चुरी एमबासडर,विशिष्ट अतिथि लायन्स क्लव अफ ईन्टरनेश्नल ३२५ ए वानका गभर्नर पिएमजेएफ टंक बहादुर श्रेष्ठ र पुर्व मन्त्री राजेन्द्र केसी रहनु भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै पुर्व मन्त्री राजेन्द्र केसीले लायन्स क्लबकाे मूल्य मान्यतामा रहेर अाम नागरिकलाई हरेक कुरामा सहजिकरण गर्ने कार्य प्रति खुशी व्यक्त गर्दै क्लवले सञ्चालन गरेकाे एम्बुलेन्स नगरपालिकाका नागरिकहरूका लागि फलदायी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा लायन्स क्लब अफ चन्द्रागिरि ३२५ ए वानका पुर्व अध्यक्ष राजेन्द्र बिक्रम बानियाँले लायन्स क्लबले समाज रूपान्तरणमा सधै सशक्त रूपमा लागि रहने बताए । कार्यक्रममा बाेल्दै जिएटि एरिया लिडर लायन खगेन्द्र सिटौला पिएमजेएफ सेकेन्ड सेन्चुरी एमबासडरले लायन्स क्लवले मानवीय सेवा मार्फत राष्ट्रलाई महत्त्वपूर्ण याेग्दान पुर्याउदै अाईरहेकाे र चन्द्रागिरि लायन्सले एम्बुलेन्स सेवा विस्तार गरेकाे प्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा लायन्स क्लब अफ चन्द्रागिरिका पुर्व अध्यक्ष लायन रेशमलाल दवाडीले लायन्स क्लब अफ चन्द्रागिरि ३२५ ए वान र चन्द्रागिरि साकाेसले संयुक्तरूपमा सहकार्य गरि अाम नागरिकहरूलाई सेवा दिने जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लब अफ चन्द्रागिरिका पुर्व अध्यक्ष मनमाया गिरीले समाजकाे हितका लागि सवैले अाअाफ्नाे स्थानबाट अग्रसरता देखाए समृद्ध गाउँ समाज निर्माणमा ठुलै उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे । चन्द्रागिरि साकाेसका अध्यक्ष याेगेन्द्र कुमार कुवँरले अाम नागरिकहरूलाई सहकारीताकाे माध्यमबाट सामाजिक उत्तरदायित्व भावनाले काम गर्दै अाईरहेकाे बताए । कार्यक्रम लायन्स क्लव अफ मण्डलाका च्याटर पेसिडेन्ट देवेन्द्र प्रधानले सामाजिक कार्य गर्ने कुनै जात,धर्म र दल विषेशले नछेक्ने र व्यक्तिको ईच्छा शक्ति र साेचाईले मात्र परिवर्तन हुने जिकिर गरे । कार्यक्रममा एम.जे.एफकाे सदस्य बने बापत १ हजार डलर रकम दिने लायन्स दिपक रेग्मी र लायन्स उमेश गिरीलाई समान समेत गरिएको हाे । उद्घाटन कार्यक्रम लायन्स क्लब अफ चन्द्रागिरिका काेषाध्यक्ष लायन्स बिमला पाेखरेलले सञ्चालन गरेकी थिईन ।