पछिल्लो २४ घण्टामा चन्द्रागिरि नगरपालिकामा २०० जना कोरोना संक्रमित भेटिएका छन् ।चन्द्रागिरि नगरपालिकाका सूचना अनुसार नगरपालिकामा २०० जनामा संक्रमण पुष्टि भएको हो ।
चन्द्रागिरि नगरपालिकामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २८२६ पुगेको छ। चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखा अनुसार पछिल्लो तथ्यांकअनुसार चन्द्रागिरिमा संक्रमितको संख्या २८२६ पुगेको हो।
संक्रमण पुष्टि भएकामध्ये २२४७ जना निको भएका छन् भने २२ जना अस्पतालमा र घरमा ५६५ जना उपचार भइरहेको छन् ।
साथै चन्द्रागिरि नगरपालिकामा संक्रमितको मृत्यु हुने संख्या २९ पुगेको छ।
Leave a Reply
You must be logged in to post a comment.