
काठमाडौं। अर्थ मन्त्रालयकाअनुसार आर्थिक बर्ष २०७८/७९ मा चन्द्रागिरि नगरपालिकालाइ ५८ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ। काठमाडौंका १० नगरपालिकालाई अनुदान विनियोजन गरेकोमा सब भन्दा बढी चन्द्रागिरि नगरपालिकालाइ र कम दक्षिणकाली नगरपालिकालाई ३२ करोड रुपैयाँ छुट्टयाइएको छ। अर्थ मन्त्रालयले स्थानीय तह वित्तीय हस्तान्तरण शीर्षकमा कुल २ खर्ब ८३ अर्ब १ करोड ४७ लाख विनियोजन गरेको छ । यसमध्ये महानगरपालिकाका लागि १० अर्ब ९ करोड २८ लाख छुट्याइएको छ भने, उप–महानगरपालिकाका लागि ९ अर्ब ७६ करोड ८४ लाख, नगरपालिकाका लागि १ खर्ब २३ अर्ब ९६ करोड ६ लाख र गाउँपालिकाका लागि १ खर्ब ३९ अर्ब १९ करोड २९ लाख छुट्याइएको छ ।
काठमाडौंका १० नगरपालिकालाई विनियोजन गरेकोमा चन्द्रागिरिलाई ५८ करोड २१ लाख, कागेश्वरी मनोहरालाई ४९ करोड ३१ लाख, कीर्तिपुरलाई ४९ करोड २५ लाख, गोकर्णेश्वरलाई ५१ लाख ९३ हजार, टोखालाई ४५ करोड ८८ लाख, तारकेश्वरलाई ५५ करोड ७१ लाख, दक्षिणकालीलाई ३२ करोड, नागार्जुनलाई ४५ करोड ३० लाख र शंखरपुरलाई ३४ करोड ५२ लाख रुपैयाँ छुट्टयाइएको छ।
https://chandragirinews.com/wp-content/uploads/2021/05/chandragiri-nagarpalika-budget.pdf