चन्द्रागिरि ।
नवनिर्वाचित जनप्रतिनिधिहरूले बुधबार अा-अाफ्नो पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिकाद्धारा अायोजित एक समारोहका बीच निर्वाचित जनप्रतिनिधीहरूले पदभार ग्रहण गरेका हुन् । सतुंगलस्थित एक पार्टी प्यालेसमा अायोजित प्रमाणपत्र वितरण र सपथ ग्रहण कार्यक्रममा नगरका निर्वाचित सबै ७७ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीलेे स्थानीय निकायमा भएको रिक्तताको पुर्णतासँगै नयाँ नेपाल निर्माणमा महत्वपुर्ण कोसेढुङ्गा भन्दै स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधीहरूको सफल कार्यकालको कामना गरेका थिए । त्यस्तै चन्द्रागिरि नगरपालिका निर्वाचन अधिकृत गणेश नायकले सफल रूपमा निर्वाचन प्रकृया सम्पन्न भएकोमा सबै मतदाता, उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि लगायतमा धन्यवाद ज्ञापन गरेका थिए ।
नगरप्रमुखको रूपमा अाफ्नो पहिलो संक्षिप्त मन्तव्य राख्दै प्रमुख घनश्याम गिरीले अाफ्नो टिमले महासागरमा ५ वर्षे यात्रा सुरू गरेको र यात्राका क्रममा अाइपर्ने हरेक चुनाैती तथा व्यवधानहरू सहजै पन्छाउनु सबैको जनप्रतिनिधिहरूको कर्तव्य हुने बताए । चन्द्रागिरि नगरका हरेक नागरिकका चाहनाहरूको उचित सम्बोधनका लागि अाफु र अाफ्नो टोली सक्षम हुनेमा विश्वास लिएको बताउँदै नगरप्रमुख गिरीले ५ वर्षे कार्यकालमा नगरबासीको शिर उचो हुने खालका कार्यक्रमहरू सञ्चालन गरि जनस्तरको मन जित्दै चन्द्रागिरि नगरलार्इ हरेक क्षेत्रमा संवृद्ध बनाउने धारणा व्यक्त गरे ।
Leave a Reply
You must be logged in to post a comment.