चन्द्रागिरि ।
नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटिले सरकारका बहालवाला तीन जना मन्त्रीहरूलार्इ स्वागत एवं बधार्इ ज्ञापन गरेको छ ।
शुक्रबार स्थानीय सतुंगल पार्टी प्यालेसमा एक समारोहका बीच नेपाली काँग्रेस चन्द्रागिरि नगरका सभापति समेत रहेका नगरप्रमुख घनश्याम गिरीले नवनियुक्त मन्त्रीत्रय क्रमश राजन कुमार केसी युवा तथा खेलकुद, भिमसेनदास प्रधान रक्षा तथा अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण लार्इ बधार्इ दिँदै सफल कार्यकालको कामना गरेका थिए । कार्यक्रममा नगरका विभिन्न वडाका अध्यक्षहरू, नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुवेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Leave a Reply
You must be logged in to post a comment.