चन्द्रागिरी नगरपालिका वडा नं १ देखि ८ सम्मका: थानकोट प्राथमिक अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाइने

काठमाडौं। चन्द्रागिरी नगरपालिकाले कोरोना बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले  जेठ २३ गते जारि गरेको उक्त सुचनामा  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी गरिएको सुचना अनुसार कोभिड १९ बिरुद्दको खोप (चाइनिज भेरोसेल पहिलो डोज) अभियान जन स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुने गरि ६० देखि ६४ बर्ष उमेर समुहका ब्यक्तिहरुलाई २०७८ साल जेठ २५ गते देखि  लगाइने भएकोले चन्द्रागिरी नगरपालिका अन्तरगत निम्न खोप केन्द्रमा बिहान १० बजे द्केही ४ बजे सम्म  पहिलो मात्रा खोप लगाउन जान सम्बन्धित सबैलाई अनुरोध गरेको छ। साथै यस अघि इन्डियन कोभसिल्ड खोप लगायका ब्यक्तिहरुले यो खोप  लगाउन नमिल्ने समेत जानकारी गराएको छ ।                                                     कोरोना विरुद्ध खोपकाे पहिलो मात्रा लगाउन छुट्टनु भएका
६०-६४ उमेर समुहका व्यक्तिहरु आज बिहान १०:०० देखि दिउँसो ४:०० बजे सम्म निम्न स्थानमा जानका लागि अनुरोध छ।
१) चन्द्रागिरी नगरपालिका वडा नं १ देखि ८ सम्मका:
* थानको प्राथमिक अस्पताल, गोदाम।
२) चन्द्रागिरी नगरपालिका वडा नं ९ देखि १५ सम्मका:
*मंगल मा.वि, नयाँ नैकाप ।