काठमाडौं, चैत २७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ भाइरसको बढ्दो संक्रमणलाइ ख्याल गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने तथा विद्यालयहरूमा पनि २५ जनाभन्दा बढी विद्यार्थी राखेर कक्षा सञ्चालनमा रोक लगाउने शिफारिस गरेको छ ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतले कोभिड १९ संक्रमण व्यबस्थापन केन्द्रलाई सो शिफारिस गरेको र केन्द्रले यसबारे अन्तिम निर्णय लिने बताउनुभयाे ।
उहाँले भन्नुभयाे, अहिले विद्यालय नै वन्द गर्ने शिफारिस गरेका छैनौं, हामीले २५ जनाभन्दा बढी एकै स्थानमा जम्मा नहनु यस अघिदेखि नै भन्दै आएको र सो पालना नगरे विद्यालयहरु पनि वन्द गर्नु पर्ने हुन सक्ने बताउनुभयो । साथै विद्यालयहरूले समाजिक दुरी कायम राख्नु पर्ने बताउनुभयाे । विगत केही दिनदेखि संक्रमितको संख्या बढ्दै गएकाले संक्रमण थप फैलनबाट रोक्न सो सिफारिस गरिएको हो ।

Leave a Reply
You must be logged in to post a comment.