जेष्ठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, चन्द्रागिरि नगरपालिकाले यही जेठ ७ गतेसम्म सिल गरिएको छ ।

काठमाडौं, ४ जेठ । सरकारले लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

चन्द्रागिरि नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकालाई यही जेठ ७ गतेसम्म  सिल गरिएको छ ।