काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारलाइ कारबाही गर्ने अभिव्यक्ति दिइरहेका बेला सडक विभागले अहिलेसम्म गृह मन्त्रालयसँग सहयोगका लागि आग्रह नगरिएको प्रस्ट पारेको छ ।
विभागले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिय ऐन, कानुनले तोकेअनुसार नै भइरहेको समेत जनाएको छ ।
समयमा काम नगर्ने ठेकेदारलाई सम्झौताअनुसार कारबाही गर्ने क्रम जारी रहेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
Leave a Reply
You must be logged in to post a comment.