थानकाेट प्रहरीले चन्द्रागिरिमा”समुदाय प्रहरी पालिका समिति ” गठन

  • 103
    Shares

राेसन दानी

काठमाडौं ३० कात्तिक

नेपाल प्रहरीले भर्खरै सुरू गरेकाे समुदाय प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयन गर् चन्द्रागिरि नगरपालिकामा “समुदाय प्रहरी पालिका समिति ” निर्माण गरेकाे छ ।

महानगरीय प्रहरी वृत्त थानकाेटकाे अायाेजनामा गठन गरिएकाे समुदाय प्रहरी पालिका समिति ” मा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीकाे संयाेजकत्वमा ३३ सदस्य समिति निर्माण गरिएकाे हाे ।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले टाेलटाेलमा शान्ति शान्ति सुरक्षा अमनचयन अपराध नियन्त्रण तथा निमूल पार्नकाे लागि गृह प्रशासन सुधार योजना अन्तर्गत नेपाल प्रहरीले यो अवधारणा ल्याएकाे प्रती खुशी व्यत्त गर्दै
नगरवासी र प्रहरी विच समन्वयात्मक भुमिका निर्वाहा गर्ने वताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक
राजेन्द्र पाेखरेलले ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको र प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढिरहेकाे वताए ।

विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरिसकेकाे छ ।

गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि सुरू भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य काे साथ अगाडि वढिरहेकाे हाे ।

‘हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक पाइएको छ’, प्रहरीले जनाएकाे छ ।
महानगरीय प्रहरी वृत्त थानकाेटका प्रहरी निरिक्षक अमृत वहादुर वस्नेतले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।


  • 103
    Shares

Comments

comments