चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका ५ दाउराडिपो महिमा अावासस्थित प्रभु बैँकको नयाँ शाखा सञ्चालनमा अाएको छ । अाइतबार सभासद् राजेन्द्र कुमार केसीले बैँकको शाखा शुभारम्भ गरेका हुन् ।
बैंकले उपत्यका भित्रका बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरेको बताएको छ।
यस शाखा मार्फत काठमाडौं क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
Leave a Reply
You must be logged in to post a comment.