
थानकाेट जेसिजले एक कार्यक्रमका बिच बिद्यार्थीहरूका लागि शैक्षिक सामाग्री प्रदान गरेकाे छ ।
थानकाेट जेसिजका संस्थापक अध्यक्ष नन्द दास अमात्य र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष माेहन लाल डाँगीकाे नेतृत्वमा गएकाे टाेलीले बिद्यार्थीहरूका लागि अाबश्यक शैक्षिक सामाग्री प्रदान गरेकाे हाे ।
थानकाेट जेसिजले दहचाेक खहरे स्थित श्री नबदुर्गा अाधारभुत बिद्यालयका बिद्यार्थीहरूलाई कपी, कलम पानीकाे बाेटल लगायत शैक्षिक सामाग्री प्रदान गरिएकाे थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले बताए ।
कार्यक्रम नेपाल जेसेजीका राष्ट्रिय उपाध्यक्ष माेहन लाल डाँगीले ग्रामीण स्तरका गरिव तथा जेहेन्दार बिद्यार्थीहरूका लागि थानकाेट जेसिजले बालबालिकाहरूका लागि अावश्यक सामग्री हस्तान्तरण गर्न पाउँदा खुशी रहेकाे बताए । बिद्यार्थीहरूकाे शैक्षिक बिकासका लागि महत्त्वपूर्ण हुने चर्चा गरे ।
कार्यक्रममा थानकाेट जेसिजका महासचिव मनाेज श्रेष्ठले यस्ता कार्यक्रमले बिद्यार्थीहरूकाे शैक्षिक बिकासमा एउटा मात्र ईट्टा थप्न मद्दत पुग्ने बिश्वास व्यत्त गरे ।
श्री नबदुर्गा अाधारभुत बिद्यालयका प्रधानाध्यापक अर्जुन कार्कीले थानकोट जेसिजले २९ जना बिद्यार्थीहरूलाई प्रदान गरिएकाे शैक्षिक सामाग्रीले बिद्यार्थीहरूमा पढाइ प्रति थप उर्जा मिल्ने र बिद्यालय अाउने बानीकाे बिकास हुने बताए । उनले स्कुलमा अाउने सवै बिद्यार्थीहरूका लागि दैनिक खाजा सेवा प्रदान गर्दै अाईरहेकाे बताए ।