थानकोट जेसिजले पायो नयाँ नेतृत्व

काठमाडौं । थानकोट जेसिजले २०२० का लागि नयाँ नेतृत्व चयन गरेको छ । थानकोट जेसिजको २० औं शाखा अधिवेशन तथा सधारण सभाले मनोज श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो ।

सभाबाट कार्यकारी उपाध्यक्षबाट सञ्चाकर्मी समेत रहेका रोशन दानीलाई कानूनी सल्हाकारमा मनोनित गरेको छ । त्यस्तै महासचिवमा पुर्णिमा थापा कोषाध्यक्षमा सावन महर्जन सभावाट मनोनित भएका छन् ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा विशाल शाही, विराज शाही, उपाध्यक्षमा भुवन गिरी, एलिना महर्जन विपना बस्नेत, राउल गोपाली निर्वतमान अध्यक्ष राज गोपालीलाई चयन गरिएको छ ।

कार्यक्रममा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्द दास अमात्यले निर्वाचित सवैलाई अविर र खादाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले देशको विकास रुपान्तरणमा जेसिज अभियानले पु–याएको योग्दानको बारेमा चर्चा गर्दै युवाहरुको नेतृत्वदायी भूमिकामा थानकोट जेसिजको भूमिका अतुलनीय रहने बताए ।

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मोहन लाल डाँगीले निर्वाचित प्रदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै युवाहरुको उर्जावान समय राष्ट्रको हितमा लगाउनु पर्ने बताए ।

व्यक्तिको दक्षता सीप र कलालाई तिखार्दै नेतृत्व र व्यत्तित्व विकासमा सबै युवाहरुले सशक्त रुपमा लान सकेको खण्डमा मात्र राष्ट्रले सही र असल नेतृत्व पाउनेमा कुनै शङ्का नरहने उनको जिकिर थियो ।