काठमाडौं, चैत १५ । दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका दक्षिणकाली मन्जु बस्नेत र सुनिल श्रेष्ठको उपचारका क्रममा राजधानीको वयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान साढे ९ बजेतिर काठमाडौं आइरहेको बा १ ख ९९९९ नम्बरको यात्रुवाहक बस फर्पिङमा दुर्घटनामा परेको थियो। घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Leave a Reply
You must be logged in to post a comment.