दरबार हत्याकाण्डको १७ वर्ष पूरा

काठमाडौँ – राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको १७ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको १७ वर्ष पुरा भएर १८ वर्ष लागेपछि त्यसको रहस्य अझै खुलेको छैन । हत्याकाण्डको छानबिनका लागि गठन भएको तत्कालीन समितिले पनि रहस्य बाहिर ल्याउन सकेको छैन ।

यो १७ वर्षको बिचमा धेरै सरकार फेरि तर हत्याकाण्डको रहस्य खुलेन । राजसंस्था नै अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको पनि दशक नाघ्यो तर छानबिन भएको छैन ।