
६ कात्तिक काठमाण्डौ ।
राजधानी र धादिङ जोड्ने राष्ट्रकै गौरवको सुरुङमार्गको प्रधान मन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको हो ।
सोमबार राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको दहचोक–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री ओलीले गरेका हुन् ।
मुलुकको पहिलो सडक सुरुङमार्गको (दहचोकदेखि धादिङको सिस्नेखोला) सम्मको लम्बाई २.६८८ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको भने दुई वटा प्लाईओभरहेड ब्रिजपनि निमार्ण हुनेछन् ।
सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ । २.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
प्रधानमन्त्री ओलीले सुरुङमार्गको शिलान्यास कार्यक्रम गरिरहदा चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरी उपस्थित थिएनन् । आफ्नो नगरपालिकामा सुरुङमार्ग शिलान्यास भएपनि मेयर गिरीको कार्यक्रममा उपस्थिति थिएन् ।
आफूलाई निमन्त्रणा नआएको भन्दै कार्यक्रममा उपस्थित नभएको मेयर गिरीको भनाइ छ । मेयर गिरीले भने, ‘व्यक्तिगत रुपमा जानकारी आएपनि संस्थागत रुपमा निमन्त्रणा आएन ।’
यस्तै दहचोक सिस्ने खोला सुरूगं मार्गको शिलान्यास वडा नं १ मा नभई चन्द्रागिरि वडा नं ३ मा (साबिक थानकोट गाबिसको वडा नं ८ घ मा पर्ने सुरेन्द्र मानन्धरको अधिग्रहण भएको जग्गामा गरिएको थियो ।
३६७ रोपनी जग्गा अधिकरण
दहचोक–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको अधिकरण गर्नुपर्ने जग्गाको मुअब्जा मन्त्रिपरिषद्बाट वितरण गरिने भएको छ । सुरुङमार्ग निर्माण गर्न काठमाडौँ र धादिङतर्फ ३७६ रोपनी जग्गा अधिकरण गर्नुपर्छ ।
त्यसमध्ये सडक रेखाकङ्न बाहिर परेको ४४ रोपनी जग्गाको मुअब्जा वितरण गरिनेछ । मुअब्जा वितरण गरिने जग्गामध्ये २३ रोपनी गुठीको नाममा छ । गुठी नियमअनुसार अधिरकणमा परेका जग्गा कमाउनेलाई ३३ प्रतिशत दिने प्रावधान छ ।
बाँकी ६६ प्रतिशत गुठीलाई नै दिने व्यवस्था छ । ३३ प्रतिशत पाउने स्थानीय विस्थापित हुने भएकाले थप रकमको व्यवस्था गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।
सुरुङमार्ग बनाउन काठमाडौँतर्फ २६७ रोपनी जग्गा पर्छ । काठमाडौँतर्फ ५ अर्ब रुपैयाँ मुअब्जा वितरण भइसेको छ । काठमाण्डौ पटिको जग्गा व्यवस्थापन देखि सवै प्रकृया गर्ने काम चन्द्रागिरिका मेयर घनश्याम गिरीले मिलाएका थिए ।
सुरुङमार्ग निर्माण हुनुअघि नै मुअब्जा रकम वितरण गरिसक्ने आयोजना प्रमुख श्याम प्रसाद खरेलको बताए ।
सुरुङमार्ग असोज ६ गते निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापा र जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीका तर्फबाट सुरुङमार्ग आयोजना प्रबन्धकले हस्ताक्षर गरेका थिए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङमार्गका लागि रु २२ अर्ब लागत लाग्नेछ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।
सुरुङमार्ग निर्माण गरेको ४२ महिना भित्रमा ठेकेदार कम्पनीले निर्माण गरिसक्नु पर्नेछ । जापानले आयोजनाका लागि १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । उक्त ऋण सम्झौता २०७३ सालमै भएको थियो ।
तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महरा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितमा तत्कालिन अर्थसचिव शान्ताराज सुवेदी र नेपालका लागि जापनिज राजदूतले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सुरुङमार्ग निमार्ण पश्चात राजधानी भित्रने र वाहिरीनेहरुका लागि सहज र सुविधा भने पक्कै हुनेछ ।