दिउँसो पसल खोलेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोर कोटेश्वरका म्यानेजर पक्राउ

काठमाण्डौ ,जेष्ठ २४ ।




निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले  भाटभटेनी डिपार्टमेन्ट स्टोर कोटेश्वरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।