देवदर्शन मिडिया ग्रुपद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

देवदर्शन मिडिया ग्रुपले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ।




कोरोनाको दोश्रो लहर बढ्दै गएका बेला देवदर्शनले थोरै भएपनि पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको देवदर्शनका प्रबन्ध निर्देशक तथा सञ्चारकर्मी रोसन दानीले बताए।

चन्द्रागिरिको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा पत्रकारहरूलाई बोलाएर सुरक्षाको लागि सेनिटाइजर र प्रत्येक सञ्चारकर्मी बापत ५० थान मास्क करिब दुई दर्जन पत्रकारलाई वितरण गरिएको हो।

देवदर्शनका सञ्चालक तथा पत्रकार महासंघ एसोसिएट प्रदेशका उपाध्यक्ष श्रीहरि थापा, ग्रुपका अध्यक्ष रामनारायण घिमिरे, भेहिकहलका सञ्चालक माधव प्रसाद अधिकारी, पुर्ण प्रसाद श्रेष्ठले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

उपाध्यक्ष थापाले भने, ‘राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिएर पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा मिलोस्।’ उनले सबै पत्रकारहरू सुरक्षित भएर आफ्नो कर्म क्षेत्रमा लाग्न अनुरोध गरे।

Roshan Dani56

देवदर्शनका अध्यक्ष घिमिरेले आवश्यकता अनुसार पत्रकारहरुको जोखिम न्यूनीकरणका लागि थप स्वास्थ्य सामग्री निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नगरी पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामाग्री वितरण गरिएको र फिल्डमा काम गर्न असहज नहोस् भनी चन्द्रागिरिमा रहेका सञ्चारकर्मीहरूलाई उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको बताए।

सञ्चारकर्मी दानीले चन्द्रागिरिमा सञ्चालित अनलाइन तथा यहाँ बसोबास गर्ने सञ्चारकर्मीहरूलाई कोभिडको अवस्थामा केही भएपनि सहयोग पुगोस् भन्नेर हेतुले स्वास्थ्य सामग्री वितरण गर्दै जानकारी दिए।