देशभरका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड

146

१५ वैशाख, काठमाडाैँ । सरकारले देशभरका छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड दिने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पाैडेलले देशैभरका विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड दिने घोषणा गर्नुभयो । उहाँले यसका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।