
महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने तथा मिटर बिगार्ने ट्याक्सीमाथि धमाधम कारबाही गरिरहेको जनाएको छ ।
ट्राफिक प्रहरीले ठग्ने ट्याक्सीविरुद्ध आर्थिक वर्ष ०७५÷०७६मा ३ हजार ४ सय २लाई कारवाही गरेको हो । एक सातामै १ हजार ३ सयबढी ट्याक्सी चालक कारबाहीमा परिसकेको महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले देखाएको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त उपत्यकामा ट्याक्सीको ठगी थामी नसक्नेगरी बढेपछि कारबाहीलाई अभियानकै रूपमा लिनुपरेको बताउनु भयो ।
ट्राफिक प्रहरीले ठग्ने ट्याक्सीविरुद्ध कारबाहीका लागि सादा पोसाकमा दर्जनौं प्रहरी खटाएर कारबाही गर्दै आएको छ ।
राजधानीका विभिन्न स्थानमा यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने तथा मिटर बिगार्ने ९०५जना ट्याक्सी चालक मंसिर २ गते देखि २५ गते सम्ममा मात्र कारबाहीको दायरामा आएका महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले वताए ।
ट्राफिक प्रहरीले सोमबार पनि उपत्यकाका विभिन्न ठाउँमा भाडा बढी लिने, मिटरमा नजाने, मिटर बिगार्ने ६९ ट्याक्सी चालकलाई कारबाही गरेको थियो भने मंगलवार ७२ ट्याक्सी चालकलाई कारबाही गरेको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६० मा पाँचपटकभन्दा बढी कसुर गरेमा ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन हुने व्यवस्था भएको हो । महाशाखा प्रमुख पन्तले पाँचपटक कसुर दोहो¥याउनेमाथि अनुमतिपत्र निलम्बन गर्न यातायात व्यवस्था विभागमा लेखिपठाउने बताउनु भयो ।
महाशाखाले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकमाथि कारबाही तीव्र पारिएको जनाएको छ ।
ट्राफिक प्रहरीले ठग्ने ट्याक्सीविरुद्ध कारबाहीका लागि सादा पोसाकमा दर्जनौं प्रहरी खटाएर कारबाही गर्दै आएको छ ।
यात्रुहरुलाई कुनै गुनासो तथा समस्या परे महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एसएमएस गर्न आग्रहसमेत गरेको छ ।
यात्रुले चाहेको स्थानमा जान नमानेमा ट्राफिकको कारबाहीमा परेका चालकले प्रत्येकपटक ३ हजार राजस्व तिर्नुपर्ने व्यवस्था छ । पाँचपटकसम्म गल्ती दोहाएमा ६ महिना अनुमतिपत्र खारेज हुने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ रहेको छ । महानगरीय ट्राफिक महाशाखाले हाल सम्म २०७० देखि २०७५ मंसिर २५ गते सम्म २८ हजार २ सय ५५ जना ट्याक्सी चालकलाई कारवाहीको दायरमा ल्याइसेको छ ।