
६ साउन, काठमाडौं । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ स्थित आगिञ्चोक गोलाङ काफलगैरीकाे पहिरोमा श्रीमान श्रीमती र बच्चा गरि ३ जनाको सव भेटिएको छ ।
पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् । मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएकाे स्थानीयले बताए ।

