नागढुङ्गा-कलंकी सडकका खाल्टाखुल्ल्टी पुरिँदै !

787

चन्द्रागिरि ।

कलंकी-नागढुङ्गा सडकका खाल्टाखुल्टीहरू पुरिने भएका छन् । सडक विस्तारको कार्यले गति नलिएको र सडकमा भएका खाल्टाखुल्टीका कारण हुने गरेको घण्टाै लामो ट्राफिक जामका कारण समग्र चन्द्रागिरि बासी लगायत यस क्षेत्र भइ अावत जावत गर्ने यात्रुहरूलार्इ मर्का परेको भन्दै यथासिघ्र सडक विस्तार कार्य सम्पन्न गर्न तथा नियमित मर्मत संभारका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराउने उद्देश्य सहित साे सडक खण्डमा भएका खाल्टाखुल्टीहरू पुरिने भएका हुन् । अाइतबार बसेको नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका कार्य समितिको बैठकले सडकका खाल्टाखुल्टी पुर्ने अभियान सुरू गर्न लागेको कार्य समितिका सचिव राजेन्द्र विक्रम बानियाँले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए । अभियान श्रावण ११ गते बुधबार बिहान ७ः३० बजे नागढुङ्गाबाट सुरू हुनेछ । नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका कार्य समितिले ट्राफिक जाम न्युनिकरण तथा सडक सुधारको अभियानमा उपस्थित भइ सहयोग गरिदिन सबैमा अाग्रह समेत गरेको छ ।