नारायण गोपालको गीत यसरी गाए राजुले, पहिलोपटक कोच दिपले गरे उठेर सलुट, प्रमोद पनि उठे

  • 98
    Shares

काठमाडौं । कान्तिपुर एचडी र डिस होमको रमाइलो टेलिभिजनबाट प्रसारण भइरहेको ‘द भ्वाइस अफ नेपाल’ साँगेतीक रियालीटी सो हाल टप २४ध मा प्रवेश गरेको छ भने लाइभ राउण्ड चलिरहेको छ ।

कार्यक्रमको फर्म्याट अनुसार लाइभ राउन्डको हरेक एपिसोडमा दुईजना निर्णायक तथा कोचेहरूले आफ्ना चार(चार जना प्रतिस्पर्धीहरूलाई प्रस्तुत गराउने छन् भने सो मध्ये एक जनालाई ‘सेभ’ बचाउन सक्नेछन् र बाँकी ३ लाई भोटिङ्गको लागि अगाडि पठाइनेछ ।

सोही अनुसार शनिबार प्रसारित ‘द भ्वाइस अफ नेपाल’को लाइभ राउन्ड सेकेण्ड लेभल अर्थात एपिसोड २१ मा टिम दीप र टिम सनुपबाट प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुति दिएका छन् साथै यस एपिसोडमा गत हफ्ताको ६ जना प्रतिस्पर्धि जसलाई टिम सनुप र टिम प्रमोदले भोटिङका लागि पठाइएकाहरुको रिजल्ट पनि आउट गरिएको छ ।

शनिबार प्रसारित लाइभ राउण्ड सेकेण्ड राउण्ड अर्थात टप २४ को प्रस्तुती प्रस्तुत गर्नुअघि गत हप्ताको रिजल्ट आउट गरिएको थियो जसमा दुई जनाले यो स्टेज छाडेका छन् । त्यस्तै यस लाइभ राउण्को सेकेण्ड लेभलमा दुई कोच दिप र सनुपबाट ६ जनाले प्रस्तुती दिएका छन् जसमध्ये एक हुन् कोच दिपका राजु तामाङ ।

राजुले नारायण गोपालको आवाजमा रहेको गीत तिमी जुन रहरले गाएका छन् जसले सुन्ने सम्पूणए श्रोताको मन जितेका थियो । उनको गायकीले कोच प्रमोदलाई आफ्नो कुर्सीबाट उठ्न बाध्य बनाए त कोच दिप उठेर उनलाई सलुट समेत गरे ।


  • 98
    Shares

Comments

comments