निर्वाचनका लागि सबै जिल्लामा सुरक्षा व्यवस्था मजबुत: गृह मन्त्रालय

चन्द्रागिरी। आइतबार पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन निर्वाचनका लागि सबै मतदान स्थलमा सुरक्षाको तयारी पुरा भएको गृह मन्त्रालयले जनाएको छ ।

आयोगले शनिबार पत्रकार सम्मेलन गरेर सबै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत रहेको जनाएको छ । मन्त्रालयले निर्वाचनको समयमा पहिलो नेपाली प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल , तेस्रोमा म्यादी प्रहरी र अन्तिमा नेपाली सेनाले सुरक्षा दिने जनाएको छ ।

निर्वाचनको समयमा अत्यावश्यक सवारीहरु (दमकल, एम्बुलेन्स), निर्वाचन आयोगबाट अनुमति लिएका सवारी, प्रेसका सवारी मात्र चल्न पाउने छन् । निर्वाचन हुने ३२ जिल्लामा आइतबार सार्वजनिक विदा समेत दिईएको छ।