काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९ बाट पहिलो मृत्यु भएको छ। माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २७८ पुगेपछि एकजनाले ज्यान गुमाएका हुन्।

कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्। त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो।
तिमल्सिनाको कोरोना भाइरसबाट निधन भइको पुष्टि बागमती प्रदेशका सामाजिक विकासमन्त्री युजराज दुलाल ‘शरद’ ले गरेका छन्।
देशमा २६ वटा जिल्लामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा पनि कोरोना देखिएको छ। नेपालमा सबैभन्दा धेरै पुरुषमा कोरोना देखिएको छ। महिलामा भने पुरूषको तुलनामा न्यून संक्रमण देखिएको छ। नेपालमा अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६ रहेको छ।
Leave a Reply
You must be logged in to post a comment.