नेपालमा थप ४ सय १८ जनामा कोरोना पुष्टि संक्रमितको संख्या २० हजार ७ सय ५० पुग्यो

415

काठमाडौं, साउन १९ गते । कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म ३ लाख ९८ हजारकाे पिसिआर परीक्षणा भएकाे छ। त्यस्तै हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ।