नेपालमा थप ९१९६ जनामा कोरोना संक्रमण पुष्टि, थप ५० जनाको मृत्यु

413

पछिल्लो २४ घण्टामा ९१९६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ९०२३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७३ जनामा कोरोना पुष्टि भएको हाे ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७६०३ पुगेको छ । यही अवधिमा २९०५ जना निको भएका छन् । त्यस्तै, थप ५० जनाको मृत्यु भएको छ ।