नेपालमा भारतीय फिल्म प्रवद्र्धन गर्न सरकारको १ अर्ब

208

 काठमाडौं । सरकारले इन्टरनेश्नल इन्डिया फिल्म् अवार्ड (आइफ) नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को असार ३ गते बसेको बैठकले सरकारले नेपाल भ्रमण वर्ष २०२० अर्थात् पर्यटन प्रवद्र्धनका लागि ‘आइफा अवार्ड–२०१९’ नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

अमेरिका, युरोप तथा दुबईमा हुँदै आएको उक्त कार्यक्रम यो वर्ष नेपालमा हुने तय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याले जनाकारी दिए । उनका अनुसार अवार्ड वितरणका कार्यक्रमको नेतृत्व नेपाल पर्यटन बोर्डले लिने छ ।

अवार्ड वितरण कार्यक्रमको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ भने उद्योग वाणिज्य महासंघ, सिएनआईको सहयोग र सहकार्य पनि रहनेछ ।

अवार्डमा ६ सयभन्दा बढी प्रतिििनध सहभागी रहनेछन् भने ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने मन्त्रालयले जनाएको छ ।

साउनको दोस्रो साता राजधानीमा आयोजना हुने भनिएको आइफा– २०१९ नेतृत्वका कारण अन्योलमा परेको थियो । बोर्डले नेतृत्व लिने भएपछि कार्यक्रम नेपालमा हुने भएको हो ।

आइफा आयोजकले नेपालमा अवार्ड गरेबापत ठुलो रकमको माग गरेपछि अन्योल भएको थियो। अहिले आयोजक ६ अर्बको बजेट घटाएर ३ दशमलब ५ अर्बमा नेपालमा आइफा आयोजना गर्न तयार छ।