नेपालि काँग्रेस च.न.पा वडा ८ कार्यसमिति द्वारा आइशोलेसनलागि स्वास्थ्य सामाग्री सहयोग

चन्द्रागिरि नगरपालिकाले जेष्ठ एक गतेबाट संचालन गर्न लागेको कोभिड १९ बिरामिको लागि वडा न ८ मा तयार गरिएको नगर स्तरीय आईशाेलेसन सेन्टरकाे लागि आवश्यक केहि स्वास्थ्य सामाग्री प्रदान गरेको छ।




चन्द्रागिरि नगरपालिकाका मेयर र प्रवक्ताकाे उपस्थितिमा वडा न ८ का वडा अध्यक्ष सन्तोष खड्कालाइ नेपालि काँग्रेस वडा – ८ कार्यसमितिका सभापति आत्मा राम के.सी बाट हस्तान्तरण गरिएको हो ।

नेपालि काँग्रेस वडा – ८ कार्यसमितिका सभापति आत्मा राम के.सीले कोरोनालाई परास्त गर्न नागरिक र स्थानीयतह  बीच हातेमालो हुनुपर्नेमा जोड दिएका छन्। महामारीविरुद्धको कार्यमा सबैको साझा दायित्व भएको उनले बताए ।

साथै युवा नेता एवम् समाजसेवी धर्म नन्द श्रेष्ठले निषेधाज्ञा जनताको स्वास्थ्य सुरक्षा जीवन रक्षाको लागि भएकोले कुनै राजनीतिक उद्देश्य नहेर्न पनि आग्रह गरेका छन् । अहिले जनता आफैंपनि सचेत र जिम्मेवार हुनुपर्ने आवश्यकता रहेकोमा उनको जोड छ । सबैले हातेमालो गर्दै अगाडि बढ्न अपिल गरेका छन् । श्रेष्ठले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएको हुँदा दोस्रो लहरमा व्यवस्थापन हुने बताए ।

Sahyog1 Sahyog2 Sahyog3