नेपाल जेसिज क्षेत्र “ग”काे सम्मेलन शंखरापुर नगरपालिका साँखुमा शुरु


काठमाडौं भाद्र १५ नेपाल जेसिज क्षेत्रिय सम्मेलन राजधानीकाे शङ्खरापुर नगरपालिकाकाे साँखुमा सुरू भएकाे छ ।नेपाल जेसिज क्षेत्र “ग”काे सम्मेलन शुक्रबार अाैंपचारिक रूपमा सुरू भएकाे हाे ।उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा३ नं प्रदेश का सभामुख सानुकुमार श्रेष्ठ रहेका थिए भने विशेष अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य माननीय सरिता न्यौपाने, प्रदेश नं ३ का सदस्य माननीय मणिराम फूयाँल,शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ , उप- प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ लगायत जेसिसका विभिन्न साखाका ३ सय भन्दा वढि साखाका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे थियो ।

प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले उक्त सम्मेलनकाे उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा वाेल्दै ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले समाजकाे हरेक गतिविधिमा जेसिज अभियानले सार्थकता पाउदै गएकाे वताए ।

उनले १८ देखि ४० वर्षका युवाहरूनै वास्तविक देशकाे उर्जा भएकाे कारण राष्ट्र निर्माणमा अतुलनीय भुमिका खेल्न अावश्यक रहेकाे अाैल्याए ।फरक प्रसंग सभामुख श्रेष्ठले अार्थिक समृद्धिकाे देशमा अगाडि वढ्ने समयमा लागेकाे वताउदै उनले प्रदेश सरकारले १४ वटा एेन पारित गरिसके र वाकी ११९ वटा पारित गरिसके पछि पुन: रूपमा परित हुन्छ ।संघियता मास्ने खेल हुँदै छ देशले महङ्गाे मुल्य चुकाउने दिन अाउन नदिने वताए ।

उनले भने’ जनताकाे शासन जनतालेनै गर्ने हाे हाउसमा छलफल गरेर समस्या समाधान र निकास दिनु पर्छ , व्यति अात्मनिर्भर नभए देश समृद्धि तर्फ उन्मुख हुन सक्दैन । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले समाज रूपान्तरणमा हरेक युवाहरूमा सकारात्मक साेचकाे विकासले मात्र राष्ट्र समृद्धिकाे वाटाेमा लम्कने वताए । उनले भने” हरेक विकास र समृद्धिमा ढृणताका साथ लाग्ने युवाहरूकाे सकृय र उदयमान दस्ता निर्माणमा नेपाल जेसिज लागेकाे छ,अवकाे युवा चाहाना समृद्धि हाे हामी अाजै वाट लागाै ।

दुई दिन सम्म चल्ने कार्यक्रममा विभिन्न विषयहरूमा छलफल तथा निर्णय गरि शनिवार विधिवत रूपमा सम्पन्न हुनेछ ।

फोटो सौजन्य : रोशन दानी


Comments

comments