
पुस ८,२०७५ जनकपुर ।
रोसन दानी
नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशन शनिबारबाट जनकपुरमा सुरु भएको छ ।
स्थानीय तिरहुतिया गाछिमा सुरु भएको महाधिवेशनको गणतन्त्र नेपालको प्रथम राष्ट्रपति रामवरण यादवले समुद्घाटन गर्नु भएको छ ।
यादवले नेपाल जेसीजले जनकपुर जेसीजको आतिथ्यमा जनकपुरमा आयोजित तिन दिने महाधिवेशनको डिजिटलबाट उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै पुर्व राष्ट्रपतिद यादवले समृद्ध राष्ट्र निमार्णमा जेसिज अभियानले महत्वपुर्ण भुमिका खेलेको वताए । पुर्व राष्ट्रपति यादवले विधिको शासन भन्दा पनि व्यत्तिको शासान हावी भईरहेका दुखेसो पोखे । उनले भने समाज रुपान्तरणमा लोकतान्त्रीक विधि पदती मासेर अगाडी कोही वढ्छ भने देश खतराको घण्टी वज्न वाट रोक्न जनताहरुले संयम हुनु पर्ने वताए । मानवता र राष्ट्रकोल एकताका लागि सवै एक जुट भएर लाग्नु पर्ने र पहाड र मधेशलाई जोड्ने काम गर्नु पर्ने आजको आवश्यता हो ।
कार्यक्रममा वोल्दै २ नम्वर प्रदेशका मुख्य मन्त्री लालवावु राउतले समृद्धि,सुशुसासन नाराले मात्र नआउने त्यसका लागि सवै एक जुट भएर लाग्नु पर्ने वताए । उनले सामाजिक न्याय र विधिको शासनका लागि हातेमालो गर्दे अगाडी वढाउनु पर्ने वताए । नेपाल जेसिजका संस्थापक अध्यक्ष डाक्टर भेष वहादुर थापाले नेपाल जेसिजको स्थापना काल देखि हालको अवस्थामा आईपुग्दा राष्ट्र निमार्णमा जेसिजले अतुलनीय भुमिका निभाउन सफल भएकोमा आफु निकै उत्साहित तुल्एको वताए । नेपाल जेसिज २०१८ का राष्टय अध्यक्ष श्रीधर वस्यालले जनकपुरमा नेपाल जेसिजको ४५ औं महाधिवेसन गर्दे गर्दा नेपाल जेसिजले असल मान्छे उत्पादन गर्न सफल भएको वताए । उनले सकारात्मक सोचका समाजमा भएको थुपै चुनोती समस्याहरु समाधान गर्दे लाने र सवै संगको सहकार्यमा नयाँ जोस उर्जा सहित आगामाी दिनमा राष्टको समृद्धिको लागि लाग्ने वताए ।
नेपाल जेसीजको महाधिवेशन तिन दिन सम्म चल्नेछ । महाधिवेशनले बर्ष २०१९ का लागि नयाँ नेतृत्व चयन गर्ने छ । नेपाल जेसीजको १४५ शाखा रहेको छ । महाधिवेशनमा देशभरबाट करीब दुई हजार प्रतिनिधि जनकपुरमा भेला भएका छन ।
जेसिजले युवाभित्र भएको प्रतिभालाई उजागर गर्दै सफल नेतृत्व प्रदान गर्ने उद्देश्य लिएर काम गर्दै आएको छ ।जेसिजको महाधिवेशन यो चौथौ पटक जनकपुरमा भएको हो ।
महाधिवेशनमा सेमिनार, विभिन्न प्रशिक्षण, उत्प्रेरक मन्तव्य लगायतका कार्यक्रम हुनेछन् ।
त्यस्तै विभिन्न क्षेत्र र विद्यामा योगदान पुर्याउने जेसिजका सदस्यबाहेक १० जना युवालाई नेपाल जेसिजले प्रत्यक बर्ष देशमा उत्कृष्ट कार्य गर्ने १० जना युवाहरुलाई सम्मान गर्ने गर्दछ । यस बर्षको उत्कृष्ट युवा सम्मान पुरस्कार २०१८ प्रदान गरेको छ पुरस्कारबाट सम्मान प्राप्त गर्नु हुनेमा मानव अधिकार सामाजिक न्याय तर्फ श्रीनेहा पोखरेल (थानकोट जेसिजको सिफारिस) , साहासी एव बिरतापूर्ण कार्य अर्जुन सहिन्जु (भक्तपुर जेसिजको सिफारिस ) , साहित्य कला संगीत तथा संस्कृति भुवन गन्धर्व (लमही जेसिजको सिफारिस ), खेलकुद विकास प्रदिप मजगैया(त्रिभुवननगर जेसिजको सिफारिस) , आर्थिक विकास ब्यापारिक तथा औधोगिक गतिबिधि दिपेश ढकाल (बिर्ता जेसिजको सिफारिस) , देशको प्रतिष्ठा बढाउन अन्तर्रा्ष्ट्रिय क्षेत्रमा गरेको योगदानमा सानो बाबु सुनवार (वालिंग जेसिजको सिफारिस) , र खेलकुद विकास तर्फ जंगीलाल महत्व (जनकपुर जेसिजको सिफारिस) रहेका छन् ।