नेपाल पेट्राेलिम ट्याङकर चालक संघकाे अगुवाइमा चालक सहचालकलाई एन95 र पन्जा मास्क बितरण

नेपाल पेट्राेलिम क्षेत्रमा काम गर्ने मजदुर तथा चालक तथा सहचालकलाई सचेतना तथा मास्क बितरण गरिएकाे छ ।

नेपाल पेट्राेलिम ट्याङकर चालक संघकाे अगुवाइमा नेपाल अायल निगम थानकोट डिपाे स्थित चालक सहचालकलाई संघका केन्द्रय अध्यक्ष ईश्वर लामा र थानकोट डिपाे प्रमुख प्रदिप यादवले मास्क स्निटाईजर,ग्लाेप प्रदान गरेका हुन् ।

पछिल्लो समय अत्यावश्यक इन्धन बाेक्ने ट्याङ्कर चालक भारतकाे रकसबल,बराैनी वाट इन्धन ल्याउनु पर्ने हुदा अशुरक्षित बन्दै आईरहेकाे अवस्थामा उनिहरूकाे सुरक्षका लागि सचेनाकाे साथै उक्त सामाग्री प्रदान गरिएकाे संघका अध्यक्ष ईश्वरलामाले बताए ।
अध्यक्ष लामाका अनुसार पेट्रोलियम चालकहरू अति जाेखिममा रहेकाे भन्दै स्वास्थ्यकर्मी र सुरक्षाकर्मकै जस्ताे भत्ता र विमाकाे बेवस्था गरिनु पर्ने उनकाे भनाई छ ।
नेपाल  आयल निगम प्रादेशिक कार्यालय थानकाेटका प्रमुख प्रदिप यादवले सुरक्षित भएर दुवानी गर्नु पर्ने र संघकाे माग प्रती ध्यानाकर्षण भएकाे बताउदै माथिल्लो निकायमा पहल गरिने  आश्वासन दिए ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले भारतीय नाकावा बाटाे प्रयाेग गर्दा सुरक्षित हुनु पर्ने बताउदै आफुलाई आवश्यक खाद्यान्न गाडीमै राखेर प्रयाेग गर्न सल्लाह दिए ।
कार्यक्रममा १६५ जना पेट्रोलियम पदार्थ बाेक्ने चालक र सहचालकलाई एन ९५ मास्क पन्जा र स्यानिटाईजर प्रदान गरिएकाे संघले जनाएको छ । पटक पटक विभिन्न स्थानमै चालकहरूलाई मास्क पञ्जाहरू वितरण गर्दै आएकाे छ ।