
चन्द्रागिरि ।
नेपाल संवत् ११३८ को अवसरमा कार्तिक ३ गते शुक्रबार सत्यपुर नेवा साँस्कृतिक खलको अायोजनामा मोटर साइकल र्याली एवं साँस्कृतिक कार्यक्रम हुन लागेको हो । शताब्दी पुरूष सत्यमोहन जोशीको प्रमुख अातिथ्यतामा हुने सांस्कृतिक कार्यक्रम बिहान ७ बजे सुरू हुने छ भने मोटरसाइकल र्याली बिहान ९ बजेबाट सुरू हुने अायोजक सत्यपुर नेवा साँस्कृतिक खलका अध्यक्ष राजु राजउपाध्यायले जानकारी दिए । खलले अायोजना गर्ने यो २४ मोटरसाइकल र्याली हो । कार्यक्रम चन्द्रागिरि नगरपालिका १०, ११ सतुंगलमा हुनेछ ।