“पुरानो नेपालका तस्वीरहरू देशका सबै विद्यालयमा देखाइनुपर्छ” – हरिभक्त महर्जन- प्रवक्ता चन्द्रागिरि नगरपालिका

बिहीबार चन्द्रागिरि ११ सतुंगलस्थित श्री विष्णुदेवी शिक्षा सदन मा.वि.मा पुरानो नेपालका तस्वीरहरूको प्रदर्शनी गरिएको छ । फोटो म्युजियम नेपालको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपालका विभिन्न समयमा खिचिएका १ सय बीस वटा पुराना तस्वीरहरूको प्रदर्शनी गरिएको अायोजक संस्थाकी महिमा गाैतमले जानकारी दिइन् । कार्यक्रममा विद्यालयका करिब ६९० विद्यार्थीहरू, शिक्षक शिक्षिका, कर्मचारीहरू, स्थानीयहरू तथा जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।


पुरानो फोटो प्रदर्शनी कार्यक्रममा सहभागी चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडा नं. ११ का वडाध्यक्ष हरिभक्त महर्जनले यस किसिमका कार्यक्रम चन्द्रागिरिका सबै विद्यालयहरूका अतिरिक्त देशका सबै विद्यालयहरूमा अायोजना गर्न अावश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । विद्यालय परिसरमा नेपालका एेतिहासिक तस्वीरहरू देख्न पाउँदा विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए । पुरानो फोटो प्रदर्शनी कार्यक्रम यस अघि चन्द्रागिरि नगरका विभिन्न ११ विद्यालयहरूमा सम्पन्न भइसकेको बताइएको छ ।