पूर्व सुरक्षाकर्मीहरु छाता संगठन

487

चन्द्रागिरि नगरपालिकामा रहनु भएका पूर्व सुरक्षाकर्मीहरु नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, अनुसन्धान प्रहरी, भारतीय सेना, भारतीय प्रहरी, बेलायती सेना, सिङगापुर प्रहरी सहितको छाता संगठनको रुपमा पूर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रीय अभियान्ता तथा कार्यक्रम सम्योजक गंगालाल रिमाल र केन्द्रीय अभियान्ता तथा कार्यक्रमको सभापतित्व रवि बुढाथोकीले गर्नु भएको थियो । साथै अन्य अभियान्ता सुरक्षाकर्मीहरु सहितको आयोजनामा गरिएको कार्यक्रममा बिभिन्न वडाहरुबाट पूर्व सुरक्षाकर्मी उपस्थित भई भव्य र सभ्य का साथ कार्यक्रम सम्पन्न भयो ।

पूर्व सुरक्षाकर्मी परिषदको मुख्य उदेश्य भनेको सम्पूर्ण पूर्व सुरक्षाकर्मीहरु एक हुनु, आफ्नो हकहितको लागि अगाडि बढ्नु, पूर्व सुरक्षाकर्मी नगरपरिषद गठन गर्नुको साथै अन्य निकायबाट पूर्व हुँदा पनि राज्यले सेवा दिईरहने तर पूर्व सुरक्षाकर्मीहरुले त वहालमा रहँदा होस् वा पूर्व हुँदा होस् राज्यलाई आवश्यक पर्दा जस्तो काम गर्न पनि पछाडि नपर्ने तर उहि पूर्व सुरक्षाकर्मी तथा आश्रित परिवारहरुलाई राज्यले दिनु पर्ने शिक्षा, स्वास्थ्य, लगायतका कुनै पनि सुबिधाबाट बञ्चित गरिरहेकोले अब सबै सुरक्षाकर्मी एक ठाउ भई आफ्नो हकहित कायम गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको थियो ।