पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।



निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। नयाँ मूल्य कायम भएसँगै डिजेल प्रतिलिटर ११० पेट्रोल १२७ र आन्तरिकतर्फ हवाई ईन्धन प्रतिलिटर ८२ रुपैयाँ पुगेको छ