काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा १६५ विपक्षमा ८३ र तटस्थमा १ जना सांसद उभिनु भएको छ । मतदानमा २४९ जना सांसद उपस्थित हुनुहुन्थ्यो ।
प्रतिनिधि सभाको आइतबारको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री देउवाको पक्षमा एमालेका केही सांसदसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.