सर्लाहीबाट काठमाडौं आउदै गरेका मोरङ उर्लाबारी घर भई चावहिल बस्ने २१ बर्षे महेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुङगाले जानकारी दिएको छ । बुधबार विहान ना ५ ख ६५९९ यात्रुबाहक बसमा झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज ऋषिराम घर्ती मगरले जानकारी दिए । पक्राउ परेका श्रेष्ठबाबाट चेकजाँचका क्रममा नाइट्राजेपाम २०९ ट्यावलेट र प्रोमिथाजिन ३६ ट्यावलेट गरी २४५ ट्यावलेट लागु औषध बरामद गरिएको उनले बताए ।

Leave a Reply
You must be logged in to post a comment.