
नेपाल सरकार, व्यवसायजन्य सुरक्षातथा स्वास्थ्य केन्द्रको आयोजनामा ‘१९ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह—२०७६’ को अवसरमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रम यही बैशाख २१ गते बानेश्वरमा सम्पन्न गरेको छ । सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधी, ट्र्ड युनियन, जिफन्ट लगायतबाट प्रतिनिधी सहित ९० जनाको उपस्थिती रहेको थियो ।
“कामको भविष्य र सुरक्षातथा स्वास्थ्य”भन्ने नाराका साथ सम्पन्न सो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालको प्रमुख आतिथ्यमा सम्पन्नभएको थियो भने सह—सचिव डा. रामप्रसाद घिमिरेबाट नेपालमाश्रम ऐन र व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यसै गरी व्यवसायजन्य सुरक्षातथा स्वास्थ्य केन्द्र प्रमुख बरुणकुमार झाद्वारा नेपालमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको अवस्था तथा भविष्यको दृष्टिकोणबाट प्रस्तुतीकरण भएको थियो । कार्यक्रममा सचिव दाहालले भन्नुभयो “१९ वर्ष सम्म अभियानका रुपमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको विषयलाई उठान गरिए पनि यस बारे उल्लेख्य प्रगति हुननसकेको अवस्थामा आगमी दिनमा सरकारलेव्यवसायजन्य सुरक्षा र स्वास्थ्यकार्यविधी, मापदण्ड तथा कार्ययोजना बनाई लागू गर्नेबारे जानकारी दिनुभयो । साथै सरकार, रोजगारदाता र श्रमिक मिलेर मात्र मर्यादित, व्यवस्थित, व्यवसायिक, सुरक्षित र स्वस्थ कार्यस्थल निर्माण गर्न सकिने, उत्पादन वृद्धि गर्न सकिनेबारे उहाँले प्रष्ट पार्नुभयो ।कार्यक्रमका सभाध्यक्ष रहनु भएका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणी ओझाले उपयुक्त, सुरक्षित र स्वस्थ काम गर्ने वातावरण निर्माण गर्न सकिएमा मानवीय तथा भौतिक क्षति कम हुने बारे जोड दिनुभएको थियो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक दिलिपराज गिरीले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निर्देशिका ईंटा उद्योगमा कार्यान्वयभएको विषयबारे भन्नुभयो “बालविकास समाजसँग सहकार्य गर्दै निर्देशिका कार्यान्वय गर्दा ईंटा उद्योगका बालश्रम न्यूनिकरणमा समेत सहयोग पुग्न गएको छ । कुनै पनि निकायले गरेका राम्रा अभ्यासहरुलाई अन्य क्षेत्रमा समेत लागू गर्न सकिने र प्रोत्साहन दिन सकिने हुँदा वल्र्ड भिजनले यस्ता कार्यलाई आफ्नो दायित्वको रुपमा लिई नेपाल सरकारसँग समन्वय गर्न पाएकोमा खुसी लागेको छ र भोलिका दिनमा समेत सहकार्य गर्न तत्पर रहेका छौं ।”
बालविकास समाजका उपाध्यक्ष डा.रिता सिंहबाट व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई कार्यस्थलमा प्रभावकारी कार्यान्वय गर्न सकिए मात्र उनीहरुका बालबालिका समेत स्वस्थ रहने कुरामा जोड दिनुभयो । हामीले कु्नै पनिव्यवसाय, काम, नोकरीमा क्बाभतथ ँचष्कत भन्ने कुरालाई प्राथमिकता दिन सकिएमा आइपर्न सक्ने जोखिम तथा खतरा न्यूनिकरण गर्न सकिने बारे प्रष्ट पार्नुभयो । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य भन्ने कुरा अन्तर पुस्ताचक्रसँग जोडिने कुरा उहाँले व्याख्या गर्नुभयो ।
व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको लागिगरिने व्यवस्थापकीयकार्य खर्च भएको होइन यो भोलिहुन सक्ने खतरा न्यूनिकरण गर्न लगानीगर्ने हो भनि सम्झनु पर्दछ भन्ने विषयसँगै सहभागीहरुबाट जिज्ञासा तथा जिज्ञासालाई सम्बोधनगर्दै अन्तरक्रियाप्रभावकारी रुपमा सम्पन्नभएको जानकारी बालविकास समाजका कार्यकारी निर्देशक कृष्णप्रसाद सुवेदीले दिनुभयो ।
बिनोद देवकोटा, फ़िल्ड अधिकृत, बाल विकास समाज