चन्द्रागिरी नगरपालिका ३, गोदाममा रहेको प्राथमिक अस्पतालमा एक दिने निःशुल्क आँखा परिक्षण तथा मोतीबिन्दु सम्बन्धि स्वास्थ शिविर संचालन गरेकाे छ। प्राथमिक अस्पताल थानकोट र चुन्देवी बचत तथा ऋण सहकरी संस्थाद्वारा संयुक्त रुपमा आयोजना भएको उक्त शिविरमा करिब ३०० बिरामीले सेवा पाउने आकलन गरिएको हाे ।
नेपाल सरकार र नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्यन केन्द्र किर्तिपुर, चन्द्रागिरी आँखा उपचार केन्द्र किसिपिडीको सहकार्यमा उक्त शिविरमा मोतिबिन्दुका सम्पुर्ण बिरामीको शल्यक्रिया तथा आवश्यक सम्पुर्ण औषधि निःशुल्क प्रदान गरिएको अस्पतालका प्रशासन प्रमुख सुरेन्द्र श्रेष्ठले बताए। २४ घण्टा आकस्मिक, चिकित्सकिय, निरुपण तथा जनस्वास्थ्य सेवाहरु समेत रहेको यस अस्पतालमा यस प्रकारको शिविर राख्न पाउँदा अाम विपन नागरिकलाई सहयोग हुने छ ।
Leave a Reply
You must be logged in to post a comment.