
बलिउडका प्रख्यात कलाकार ऋषि कपुरको निधन भएको छ।
बीबीसीका अनुसार ६७ वर्षको उमेरमा आज उनको निधन भएको हो। उनी हिजोमात्रै अस्पताल भर्ना भएका थिए।
क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित ऋषि अमेरिकामा करिब १ वर्ष उपचार गराएर गत सेप्टेम्बरमा स्वदेश फर्किएका थिए। गएको फेब्रुअरीमा पनि उनी दुईपटक अस्पताल भर्ना भएका थिए।
सोसल मिडियामा निकै सक्रिय रहने ऋषिले अप्रिल दुई तारिखपछि केही पोस्ट गरेका थिएनन्। आफ्नो एउटा पोस्टमा उनले दीपिका पादुकोणका साथ आउन लागेको आफ्नो फिल्मको बारेमा उल्लेख गरेका थिए।