
काठमाडौं / १० माघ
बहिर्गमित जनमुक्ति सेना नेपालले माईतिघर मण्डलमा प्रर्दशन गरेका छन् ।
माघ १० लाई कालाे दिनकाे रूपमा मान्दै १० वर्षिय सशस्त्र जनयुद्ध लडे्काे जनमुक्ति सेनालाई अयोग्य घाेषित गरि अपमान जनक अाजकै दिन निस्काशित गरेकाे विराेधमा उनिहरूले कालाे पट्टी र व्यानर सहित माईतिघर मण्डलामा प्रर्दशन गरिरहेका हुन ।
बहिर्गमित जनमुक्ति सेना नेपाललाई लगाईएकाे कथित अयोग्य बिल्ला तुरुन्त खारेजीकाे साथै राज्य वाट सम्मान जनक व्यवहार, स्वेच्छिक अवकास लिएकाे जनमुक्ति सेना साे सरह राहात प्याकेज ,जनअानदाेलनमा घाइते ,अपांगलाई दिर्घकालिन व्यवस्थापन लगायत १८ वुढे माग सहित प्रर्दशनि गरेका हुन ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बू सुनिलले राज्यले अाफुहरूकाे जायज मागहरूलाई वेलैमा संम्वाेधन नगर्ने हाे भने अर्काे विद्रोह जन्मिने वताए ।
बहिर्गमित जनमुक्ति सेना नेपालका प्रेस संयाेजक राेसन दानीले चार हजार ९ जना सेनालाइ व्यस्थापन गर्न नसक्ने सरकारले जनताहरूलाई विकासकाे नाममा भ्रम छरेकाे अाराेप लगाए । दानीले हतियार संग खेल्न जानेका विरूद खेलवाड गरे चेतावी साेरूप पहिलाे विष्फोट राजधानी वाट सुरू हुने वताए ।
कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष याेग्य वहादुर कार्की,प्रदिपले २०६६ माघ १० गते अनमिनले अयोग्य घाेषित गरेर ४ हजार ९ जनालाई बाहिर निकालेर व्यवस्थापन नगर्नु सरकारकाे ठुलाे भुल रहेकाे वताए । उनलेे भने,” अब सरकारलाई साेच्न समय दिनेवाला छैन, हामी फेरि हतियार उठाउन तयार छाै, देशमा शान्ति प्रकृयाले पुुर्णता पाएकाे छैन ।
कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका महासचिव राजन थापा सुवासले कुनै विदेशीकाे ईसारमा अयोग्यकाे विला
बहिर्गमित जनमुक्ति सेनालाई लगाउने कार्य भएकाे छ हाम्राे अन्तिम लडाइ सशस्त्र जनयुद्धमा जानुकाे विकल्प नरहेकाे वताए ।
हामी अयोग्यकाे देशमा युएन लाई वस्ने कुनै अधिकार छैन युएन गाे व्याग,क्याण्टाेमेन्टकाे भष्ट्राचार छानविन गर भन्दै नारा लगाईरहेका छन् ।
करिव २५० जनाकाे सङ्ख्यामा रहेका बहिर्गमित जनमुक्ति सेना नेपालका प्रतिनिधिहरू कार्यक्रममा सहभागी रहेका छन् ।